(१) समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) प्रत्येक आर्थिक वर्षमा उठाइने राष्ट्र ऋण रकमको किटानी सालवसाली राष्ट्र ऋण उठाउने ऐनले गरे पछि त्यस्तो किटानी
रकमको सीमाभित्र रही निष्काशन गरिने टेजरी विलको रकम, निष्काशन हुने समय र भुक्तानी अवधि निर्धारण गर्ने,
(ख) खण्ड (क) बमोजिम निष्काशन गरिने टेजरी बिलको निर्धारण भएपछि बैङ्कले निष्काशन गर्ने टेजरी बिल बिक्रीको लागि
बोलपत्र आव्हान गर्ने, पहिले मोल तोकी बिक्री गर्ने वा ब्याज तोकी बिक्री गर्ने कुराको यकिन गर्ने,
(ग) टेजरी बिल बाहेक अन्य सबै ऋणपत्रको हकमा ऋणपत्रको किसिम, रकम, निष्काशन हुने समय, ब्याजदर र भुक्तानी अवधि
लगायतका अन्य आवश्यक कुराहरुको सम्बन्धमा नेपाल सरकार, अर्थ मन्त्रालय समक्ष सिफारिस गर्ने,
(घ) ऋणपत्रका सम्बन्धमा अन्य आवश्यक काम कारवाही गर्ने ।
(२) उपनियम (१) बमोजिमको काम, कर्तव्य र अधिकार कार्यान्वयन गर्ने सम्बन्धमा समितिले आवश्यकता अनुसार ऋणपत्रसँग सम्बन्धित विशेषज्ञ र प्राविधिकहरु रहेको उपसमिति गठन गर्न सक्नेछ । यसरी गठन गरिएको उपसमितिको काम, कर्तव्य, अधिकार
तथा कार्यविधि समितिले तोके बमोजिम हुनेछ ।
(३) उपनियम (२) बमोजिमको गठित उपसमितिको बैठकमा भाग लिए बापत सो उपसमितिका सदस्यले गभर्नरले तोकिदिए बमोजिमको बैठक भत्ता पाउने छन् ।